कतारी रियाल असार १७ गतेदेखि नचल्ने, बैशाख २७ गतेभित्र सटही गर्न राष्ट्र बैंकको आग्रह

कतारी रियाल असार १७ गतेदेखि नचल्ने, बैशाख २७ गतेभित्र सटही गर्न राष्ट्र बैंकको आग्रह


अहिले चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा आगामी असार १७ गतेदेखि नचल्ने भएको छ।

कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको छ। 

कतार सरकारले नै चौथो संस्करणका मुद्रा चलनचल्तीबाट हटाउने भएकाले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ।
 
राष्ट्र बैंकले नेपालीहरुसँग त्यस्ता नोट भए आगामी बैशाख २७ गतेसम्म सटही गरिसक्न आग्रह गर्दै त्यसभन्दापछि सटही गर्न बाध्य नहुने जनाएको छ।

राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Logo