एनआईसी एसिया क्यापिटलमा अनलाइन डिम्याट खाता खोल्दा १ घण्टामै खाता नम्बर

एनआईसी एसिया क्यापिटलमा अनलाइन डिम्याट खाता खोल्दा १ घण्टामै खाता नम्बर


एनआईसी एसिया क्यापिटल लिमिटेडमा अनलाइनमार्फत डिम्याट खाता खोल्दा एक घण्टामा नै खाता नम्बर दिने गरी सेवा सुरु गरेको छ।

क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’अभियान संचालन गरि डिम्याट खाताको पहुँच आम जनता माझ पुर्याउन विभिन्न कार्यक्रम संचालन गरिरहेको छ। 

पछिल्लो समयमा कोरोना महामारीको दोश्रो लहर फैलिने क्रम देखिएकाले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको भन्ने जनगुनासो आउन थालेकाले एनआईसी एशिया क्यापिटलले देशैभरबाट अनलाइनमार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ । 

एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया अनलाइन डिम्याट सेवा आगामी आषाढ मसान्तसम्म डिम्याट खाता खोल्ने ग्राहकलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।

अनलाइनमार्फत डिम्याट खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com क्लिक गरि विवरण भरेको एक १ घण्टाभित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने जनाएको छ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिकरुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ। 

Logo