मंगलबार नेप्से १.९४ अंकले वृद्धि

मंगलबार नेप्से १.९४ अंकले वृद्धि


मंगलबार शेयर बजार मापक नेप्से परिसूचक १.९४ अंकले बढेको छ। १.९४ अंकले  बढेर २ हजार ६५४.६९ विन्दुमा पुगेर काराेबार बन्द भएको छ। 

साेमबार दाेहाेराे अंकले घटेकाे नेप्सेमा आज सामान्य सुधार आएकाे हाे। मंगलबार २१३ कम्पनीको १ करोड ३० लाख १५ हजारभन्दा बढी कित्ता शेयर ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। 

साेमबार ७ अर्ब भन्दा बढीकाे शेयर काराेबार भएको थियाे। आज १३ समूह मध्ये ६ वटा समूहको सूचक वृद्धि भएको छ। ९ कम्पनीको शेयर मूल्य सकारात्मक  सर्किट लेवलमा वृद्धि भएको छ। 

कारोबार रकममा २३ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ। दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा ग्रामीण विकास लघुवित्त कम्पनी परेका छन्।

Logo