नेप्से सूचक ५.०९ अंकले गिरावट, लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा

नेप्से सूचक ५.०९ अंकले गिरावट, लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा


बुधबार शेयर बजार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ५.०९ अंकले गिरावट आएर २ हजार ६४९.६० विन्दुमा झरेर कारोबार बन्द भएको छ भने, आज सेन्सेटिभ सूचक पनि १.६३ अंकले घटेर ४७३.८१ विन्दुमा झरेको छ।

नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीहरुमा बढेकाले १ प्रतिशतभन्दा धेरैले सूचक बढेको छ। 

आज २१८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा खरिद बिक्री भएको छ। 

कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार १६ कम्पनीको शेयर ९ प्रशितभन्दा धेरैले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

आज रिद्धि हाइड्रोपावर र रैराड. हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

त्यस्तै, विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटि हाइड्रोको ९.९८ प्रतिशतले बढेको छ।

बुधबार एनआइसी एशिया लघुवित्तको सबैभन्दा धेरै २२ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनसिसि बैंकको १९ करोड ४७ लाख, अपि पावरको १८ करोड २७ लाख र जनउत्थान सामुदायिक लघुवित्तको १५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Logo