बढ्यो सुनको मूल्य, कति छ आज?

बढ्यो सुनको मूल्य, कति छ आज?


साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन ३ सयले बढेको हो। आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको सुन आज ३ सयले नै बढेको हो ।

गत हप्ता आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन सयले बढेको थियो। शुक्रबार नौ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज ५ रुपैयाँले त्रढेको छ।आज चाँदी तोलामा एक हजार ३२५ मा कारोबार भइरहेको छ।

Logo