महामारीमा नागरिकको सहयोगका लागि सबै उद्योगी व्यवसायी एक हुन अध्यक्ष कटुवालको आव्हान

महामारीमा नागरिकको सहयोगका लागि सबै उद्योगी व्यवसायी एक हुन अध्यक्ष कटुवालको आव्हान


कोरोना संक्रमणको दोस्रो लहरबाट नागरिकको ज्यान जोगाउनका लागि सबै उद्योगी व्यवसायीहरु एक जुट हुन जरुरी रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताएका छन्।

कोरोना महामारीको दोस्रो लहर नेपालमा तिव्र रुपमा फैलिएर नागरिक कोरोना संक्रमित भएका र उनीहरुले अस्पतालमा उपचार गर्न बेडसमेत पाउन नसकेको अवस्था सृजना भएको छ । यस्तो अवस्थामा कोरोना संक्रमितहरुको ज्यान बचाउनका लागि निजी क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायीहरुले आफू जुन ठाउँमा भए पनि त्यही ठाउँबाट जे सकिन्छ त्यो सहयोग गरी सहयोग गनुपर्ने उनले बताए।

कोरोना महामारीले मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाइरहेको अवस्थामा मानिसको जीवनलाई बचाउनका लागि सबैको ऐक्यबद्धता, सामुहिक प्रयन्न र सहयोग अपरिहार्य भएकाले निजी क्षेत्रका समग्र उद्योगी व्यवसायीहरु अग्रस्थानमा रहेर अघि बढ्नु पर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

विगत एक वर्षदेखि मुलुक कोभिडको महामारी र राज्य व्यवस्थापनको कमजोर अवस्थाका बीच गुज्रिरहेको छ। आर्थिक गतिविधिहरु साँघुरिएका थिए । यसले गर्दा लाखौं मानिसहरुले रोजगारी गुमाएको अवस्था पनि छ। यही अवस्थामा रहेकै समयमा पुनः कोरोनाले विक्राल रुप लिएर लाखौं मानिसहरु कोरोनाका संक्रमणको शिकार हुन पुगेका छन् भने दैनिक सयौं जनाले ज्यान गुमाउँदै गएका छन् । ‘अहिले दैनिक हजारौं मानिस संक्रमित हुँदा अस्पतालहरुमा बेड तथा अक्सिजन नपाएर तड्पी रहनु परेको भन्दै उनले उद्योगीहरुले अक्सिजन मात्रै सहयोग गरे पनि ठूलो राहत हुने बताए।

कोरोना संक्रमण भएकाको लागि सहजिकरण तथा होष्टेमा हैंसे थप्नको लागि भए पनि उद्योगी व्यवसायीहरु एक भएर जे सकिन्छ सहयोग गर्दा नागरिकको ज्यान बच्नु नै मानवीय कर्म हुने भएकाले महासंघले अगुवाइ गरेर भएपनि सहयोगका लागि अघि बढ्ने उनले बताए। उनले अहिले काठमाडौं उपत्यका लगायत मुलुकका धेरै अस्पतालहरुमा अक्सिजन अभाव भएर अक्सिजनबिना मानिसले ज्यान गुमाउनु परेको भन्दै एक उद्योगी व्यवसायीले पाँच वटा मात्रै अक्सिजन ग्यास सहयोग गर्दा पाँच जनाको ज्यान बाच्न सक्ने बताए।

‘हामी उद्योगी  व्यवसायीहरु मौन बस्नु शोभानिय नहुने हो कि जस्तो लाग्छ। विगतका विभिन्न महासंकटहरु महा भूकम्प, गत वर्षको कोरोना महामारीमा पनि धेरै उद्योगी व्यवसायीहरु सहयोगको लागि अग्रभागमा थियौं । तर अहिले गत वर्षको भन्दा तिव्ररुपमा फैलिएको अवस्थामा उद्योगी व्यवसायीहरु निष्कृय भएर बसेका छौं।’ उनले भने, अहिले सरकारले पनि अस्पतालहरुमा बेड नभएको भन्दै सुरक्षित हुन भन्दै हात छाडेको अवस्था छ। सरकारले पनि हात छाड्ने र निजी क्षेत्रले पनि हात छाड्ने हो भने अझ भयावह हुने स्थिती छ । त्यसैले हामी सबै उद्योगी व्यवसायीले पनि आर्थिक अभावले तथा अक्सिजन नपाएर निम्नवर्गका नेपालीहरुले ज्यान गुमाउन नदिनको लागि के गर्न सकिन्छ त्यो सहयोग गर्न तयार हुनु पर्ने देखिएको उनको भनाइ छ।

त्यस्तै यो महामारीको अवस्थामा व्यवसायीहरुले मानवीय धर्मको लागि भए पनि संकटलाई अवसरको रुपमा नलिई सर्वसुलभ बजार मूल्य बनाएर सहयोग गर्न पनि आग्रह गरेका छन् । यो पनि एउटा सहयोग नै हुन्छ। संकट अवस्थामा जनतालाई मूल्य वृद्धिको मार थप्दा झनै मर्का पर्ने पनि बताए।

Logo