साताको अन्तिम दिन नेप्से परिसूचक १२.४७ अंकले गिरावट

साताको अन्तिम दिन नेप्से परिसूचक १२.४७ अंकले गिरावट


साताको अन्तिम कारोबार बिहीबार शेयर बजार मापक नेप्से परिसूचक १२.४७ अंकले गिरावट आएको छ।

दुई दिनदेखि निरन्तर रुपमा सामान्य गिरावट हुँदै आएको छ। आज १२.४७ अंकले घटेर २ हजार ६३७.१३ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

आज कारोबारमा आएका २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता शेयर ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट आएको छ। 

२ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको शेयरको मूल्य १० प्रतिशतले बढेको छ। सात कम्पनीको शेयर भाउ ९ प्रतिशत भन्दामाथि छ। 

आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

Logo