१९ सांसदसहित संसदका १६० जनामा कोरोना संक्रमण

१९ सांसदसहित संसदका १६० जनामा कोरोना संक्रमण


कोरोनाबाट संक्रमित हुने सांसदको संख्या १९ पुगेको छ। संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका १८ जना सदस्य र राष्ट्रिय सभाका एक जना सदस्यमा कोरोना संक्रमण पुष्‍टि भएको छ।

त्यस्तै संसद सचिवालयका १ सय ४१ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै १६० जनामा कोरोना संक्रमण देखिएको सचिवालयले जनाएको छ।

वैशाख २२,२३ र २४ गते संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएको थियो।

वैशाख २७ गते संसदको विशेष अधिवेशनका लागि पीसीआर परीक्षण गरिएको हो। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार स्वाव संकलन गराएका छन्। 

Logo