नेप्से परिसूचक झिनो अंकले वृद्धि, दुई कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो

नेप्से परिसूचक झिनो अंकले वृद्धि, दुई कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो


मंगलबार २७.४७ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार भने झिनो अंकले मात्र उकालो लागेको छ।

आज नेप्से परिसूचक शून्य दशमलव ५६ अंकले बढेर २ हजार ६७३.८८ विन्दुमा पुगेर कारोबार रोकिएको छ। 

आज १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज नेप्से झिनो अंकले बढे पनि दुईवटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले नै बढ्न पुगेको छ।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा नारायणी डेभलपमेन्ट विकास बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यसैगरी बोर्टलर्स नेपाल, विशाल बजारलगायत १० कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरै नै बढेको छ। 

आज  सबैभन्दा बढी नेपाल पुर्नबीमा कम्पनीको शेयर कारोबार भएको छ। पुर्नबीमाको शेयर कारोबार आज ३५ करोड रुपैयाँ बराबरको भएको छ। त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट तथा डेभलपमेन्ट कम्पनी शेयर कारोबार २६ करोड रुपैयाँ बराबर भएको छ।

Logo