अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयातका लागि डलर सटही सुविधाको सीमा हटाइयो

अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयातका लागि डलर सटही सुविधाको सीमा हटाइयो


अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामाग्री आयातका लागि डलर सटही सुविधाको सीमा राष्ट्र बैंकले हटाएको छ।

कोरोना महामारीको दोस्रो लहर  नेपालमा पनि तीब्र रुपमा बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाएको हो।

यसअघि ट्राफ्ट÷टीटी ३५ हजार डलरसम्मको जारी गर्न पाइनेमा अब सर्तसहित एक लाख डलरसम्म जारी गर्न पाइने बनाइएको छ।

अक्सिजन सिलिन्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामाग्रीहरु आयात गर्दा असार मसान्तसम्म ३५ डलरसम्म सटही गर्न पाउने व्यवस्था रहेको र सो भन्दामाथि एलसी खोल्नु पर्ने यसो गर्दा लामो समय लाग्ने भएकाले विपतको समयमा यो व्यवस्था अनिवार्य नहुने गरि सीमा बढाएको  राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले केन्द्रविन्दुलाई जानकारी दिए ।

कोरोना महामारीका कारण अक्सिजनजन्य स्वास्थ्य सामाग्री तथा जीवन उपयोगी सामाग्री तत्काल आयात गर्न र लागत तिर्न सहज बनाउनका लागि सीमा हटाईएको उनी बताउँछन्।

तीब्र रुपमा कोरोना संक्रमण जोखिम बढ्दै गएको र अस्पतालहरुमा अक्सिजन हाहाकार भएर संक्रमित मानिसको ज्यान गइरहेको छ । डेपुटी गभर्नर मिश्रले भने, ‘यस्तो परिस्थितिमा एलसी खोल्ने लगायतका अन्य प्रक्रियाहरु पुर्याउन गाह्रो हुने भएकाले हामीले सहजताका लागि यो निर्णय गरेका हौं।

अहिले अस्पतालहरुमा सिलिन्डरको अभाव छ। त्यसो हुँदा चीनबाट ल्याउन ब्यवसायीले पहल गरेका छन्। तर चिनियाँ ब्यवसायीले पूर्व भुक्तानी नै माग्ने गरेका छन्। यसका लागि ३५ हजार डलरभन्दा बढी पठाउन मिल्दैनथ्यो । त्यही व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले बिहीबारबाट सीमा एक लाख डलर पुर्याइदिएको हो।  

राष्ट्र बैंकले अक्सिजन सिलिन्डर, अक्सिजन कनेक्टर, अक्सिजन ट्याङ्स, उत्पादन प्लान्ट, डेलिभरी उपकरण, अक्सिजन जेनेरेटर्स अन्य अक्सिजन सम्बन्धी सामाग्री तथा भेन्टिलेटर उपककरण ल्याउनु परेमा ड्राफ्ट÷टीटीको सीमा आउँदो असार मसान्तसम्म अनिवार्य  हटाएको हो।

Skip This
Logo