बैंकहरुले अब ५० हजार भन्दा कम रकम डिपोजिट नलिने

बैंकहरुले अब ५० हजार भन्दा कम रकम डिपोजिट नलिने


नेपाल राष्ट्र बैंकले कारोबारको रकम सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ। शुक्रबारदेखि न्यूनतम ५० हजार रूपैयाँभन्दा कम डिपोजिट नलिने बैंकर्स संघले निर्णय गरेको छ। 

आज वाणिज्य बैंकका सिइओहरुको जुम मिटिङमा केही बैंकका सिइओले अहिलेको अवस्थामा बैंक पूर्णरुपमा केही दिन बन्द गर्नुपर्ने सुझाव दिए पनि राष्ट्र बैंकले थोरैभन्दा थोरै कर्मचारी राखेर दैनिक केहि घन्टा मात्र बैंक सञ्चालन गर्नुपर्ने तर बन्द नगर्न निर्देशन दिएको थियो।  

अहिले बैंकमा एक हजारदेखि पाँच हजारसम्म जम्मा गर्न जाने र त्यही बाहानामा बाहिर निस्कने सर्वसाधारण पनि भएकाले त्यस्तो प्रवृत्तिलाई हाललाई रोक्न निक्षेप संकलनमा सीमा तोकिएको संघले जनाएको छ।

निषेधाज्ञाको अवधिमा पनि उपत्यकाका बैंकहरुमा सर्वसाधारणको भीड बढ्न थालेपछि बैंकहरुले अत्यावश्यक ५ सेवा मात्रै दिने भएका छन्। 

नेपाल बैंकर्स एसोसिएसनको बैठकले अत्यावश्यक ५ सेवा मात्रै दिने निर्णय गरेको हो। जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक, आइपिएस, आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै प्रदान हुने भएको छ।  

संघले विज्ञप्तिमार्फत भनेको छ ‘नेपाल सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्नुहुन अनुरोध गर्दछौं।’

Logo