सूर्या लाइफ इन्स्योरेन्सको सिइओमा पवनकुमार खड्का नियुक्त

सूर्या लाइफ इन्स्योरेन्सको सिइओमा पवनकुमार खड्का नियुक्त


सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवनकुमार खड्का नियुक्त भएका छन्। कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत खड्कालाई सिइओ पदमा नियुक्त गरेको हो। 

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले खड्कालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो।
कम्पनीले सिइओमा खड्काको नाम बीमा समितिमा पेश गरेको छ। बीमा समितिले अन्तिम स्वीकृति दिएपछि मात्रै खड्का कम्पनीको सिइओमा नियुक्ती हुनेछन्। 

नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेको अनुभव रहेका खड्कासँग बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल, कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो काम गरेको अनुभव रहेको छ।

Logo