कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बजेटमा के के छन्?

कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बजेटमा के के छन्?


कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ।  कोभिडका लागि सरकारको बजेट बिनियोजन यस प्रकार रहेको छः

अक्सिजन प्लान्ट स्थापनामा प्रोत्साहनः

सरकारले अक्सिजन प्लान्ट स्थापनाका लागि सामुदायिक तथा निजी अस्पताललाई प्रोत्साहन गर्ने भएको छ।  त्यसका लागि एक सय भन्दा बढी सैयाका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्नु पर्ने व्यवस्था गरिएको र प्लान्ट स्थापनाका लागि आवश्यक पर्ने उपकरण आयातमा भन्सार छुट दिने कुरा बजेट भासन मार्फत अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् । 

त्यस्तै सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुजीगत अनुदानका साथै अक्सिजन उत्पादनमा लाग्ने विद्युत महसुलमा कोभिड अवधिभर ५० प्रतिशत छुट दिने व्यवस्था बजेटमा गरिएको छ।  

उपकरण, औषधी र खोप आयात
आइसीयु, एचडियु र भेन्टिलेटर खरिदका लागि ४ अर्ब बिनियोजन गरिएको छ।  साथै कोभिडको उपचारमा आवश्यक पर्ने औषधि आयातमा भन्सार छुट दिने व्यवस्था पनि बजेटमा गरिएको छ।  खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलले बताएका छन्। खोपका लागि २६ अर्ब ७५ करोड बिनियोजन गरिएको छ।

जनशक्ति परिचालनः 

कोभिड उपचार सेवामा जनशक्ति अभाव हुन नदिन सेवानिवृत्त तथा इन्टर्नशिपमा रहेका चिकित्सक, नर्स, तथा स्वास्थ्यकर्मीलाई तलब तथा ५० प्रतिशत जोखिम भत्ता पाउने गरी करारमा लिई अस्पतालमा खटाउने व्यवस्था सरकारले बजेटमा गरेको छ।  

यसबाहेक अन्तर्राष्ट्रिय स्थलगत सीमानाका तथा विमानस्थालमा हेल्प डेस्क संचालन र होल्डीङ्ग सेन्टर स्थापना, सबै स्थानिय तहमा क्वारेण्टिन निर्माण, कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेसन सेन्टर स्थापना, जनशक्तिको व्यवस्था तथा औषधि उपकरणको नियमित आपूर्तिका लागि नियमित गर्न आवश्यक रकम बिनियोजन गर्ने समेत बजेटमा समावेश गरिएको छ।  

साथै घरमा रहेका कोभिड बिरामीका लागि निरन्तर निगरानी, परामर्श, तथा उपचारका लागि घुम्ती सेवा, कल सेन्टर संचालनका साथै मनोसामाजिक परामर्श, आपतकालीन उपचार र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको छ।

Logo