बजेट समग्रमा राम्रो छ: निजी क्षेत्र

बजेट समग्रमा राम्रो छ: निजी क्षेत्र


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबारे प्रतिक्रिया दिँदै अप्ठ्यारो अवस्थामा आएको बजेट भएका कारण यतिको बजेट सकारात्मक रहेको बताएका छन्। 

निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि केही सुझावहरु समेटिएका छन्। यो अप्ठ्यारो अवस्थामा बजेट आएका कारण नराम्रो भन्न नसकिने उनको भनाइ छ। ‘हामीले जुनबेला सुझाव दिएका थियौं, त्यसबेला यस्तो अवस्था थिएन’ उनले भने, ‘यो सरकार चुनावी सरकार वा विशेष परिस्थितिको सरकार हो, बेलामा धेरै अपेक्षा गर्न सक्ने पनि कुरा भएन, यो बजेट समग्रमा राम्रो छ।’ 

बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा भने उनले आशंका छन्। विगतका बजेटहरुमा पनि राम्रो आए पनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै उनले यस वर्ष पनि फरक नहुने बताए। ‘विगतका वर्षमा देखिदै आएको समस्इा हो कार्यान्वयनको, यो समस्या यस वर्ष पनि यथावतै रहन्छ’ उनले भने ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अप्ठ्यारो परिस्थितिमा आएको बजेट समग्रमा सन्तोषजनक रहेको बताएका छन्।

ढकालले केन्द्रबिन्दुसँग प्रतिक्रिया दिंदै उनले निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको बताए। कोरोना महामारी नियन्त्रणमा तथा स्वास्थ्य क्षेत्रमा बजेट प्राथमिकतामा राख्नुपर्ने थियो, त्यही अनुसार बजेट आएको बताए।

उनले भने, ‘सरसर्ती हेर्दा राम्रै छ, हामी अझै समग्र बजेट हेरेर संस्थागत धारणा राख्छौं।’

नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई एक महिनाका लागि भिसा फ्रि दिने बजेटमा उल्लेख गरिएको छ। रकम ठूलो नभए पनि यसले राम्रो सन्देश बाहिर जाने उनले बताए। 

त्यस्तै, कर्मचारीलाई १० दिने भ्रमण बिदा, स्टार्टअपका लागि बिउ पूँजी दिने व्यवस्था, संरक्षित क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लगायतका विषयवस्तुहरु राम्रो भएको उनको भनाइ छ। वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘समग्रमा बजेट एकदम व्यापक छ, कार्यान्वयन पनि राम्रो हुनुपर्‍यो।

Logo