शेयर बजारमा भारी गिरावट: एकैदिन ४५.२५ अंकले घट्यो नेप्से

शेयर बजारमा भारी गिरावट: एकैदिन ४५.२५ अंकले घट्यो नेप्से


साताको दोस्रो दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ। 

आज शेयर बजार मापक नेप्से परिसूचक ४५.२५ अंकले गिरावट आएको हाे। बजार ४५.२५ अंकले गिरावट आएर २ हजार ७८२.६८ अंकमा झरेको छ। 

आज २१८ कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता शेयर १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २ सय ९१ रुपैयाँमा कारोबार भएको हो। 

बजेट आएको पहिलो दिन बढेर रेकर्ड कायम गरेको शेयर बजार दोश्रो दिन भने ह्वात्तै घटेको हो। सोमबार म्युचुअल फण्ड बाहेकका सबै सब इण्डेक्स भारी अंकले ओरालो लागेका छन्। सोमबार राधी विद्युतका लगानीकर्ताले ९.९८ प्रतिशत कमाए भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले पनि ९.९१ प्रतिशत कमाएका छन्।

बरुण हाइड्रो, नेपाल हाइड्रो डेभलपर कम्पनी, माउन्टेन हाइड्रो, रिडि हाइड्रो पावर, दिब्यश्वरी हाइड्रो, कालिका पावार कम्पनी, हिमाल दोलखा हाइड्रो पावर, बुटवल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनी गुमाउनेहरुको सूचिमा परेका छन् ।

सरकारले शनिबार बजेटमा एक वर्षभन्दा कम अवधि शेयर होल्ड गर्ने ट्रेडरहरुको पुँजीगत लाभकर ५० प्रतिशतले बढाइदिएको थियो। पुँजीगत लाभकर ५ प्रतिशतबाट बढेर ७.५ प्रतिशत बनेको छ। 

एक वर्षभन्दा बढी समय शेयर होल्ड गर्नेहरुले भने ५ प्रतिशत लाभकर तिरे पुग्ने व्यवस्था गरेको थियो।

Logo