दुई वर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बन्छौँः मन्त्री अर्याल

दुई वर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बन्छौँः मन्त्री अर्याल


कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छिन्। 

विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्ने बताइन्। 

मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोसमेत बताइन्। कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन्। 

डिडिसीले दैनिक एक लाख लिटर दूध सङ्कलन गर्नुपर्ने अवस्था भए पनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक सङ्कलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन्। 

Logo