स्याकार ट्रेडिङ्गले होन्डा हाइनेस सीबी ३५० नेपाली बजारमा छिट्टै ल्याउने, बुकिङमा ५० हजार छुट

स्याकार ट्रेडिङ्गले होन्डा हाइनेस सीबी ३५० नेपाली बजारमा छिट्टै ल्याउने, बुकिङमा ५० हजार छुट


नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि.ले बहुप्रतिक्षित होण्डाको CB 350 DLX लाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ। 

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ। मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुनेछ। 

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकरसहित LED हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरामदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन्। 

सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ। तत्काल बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएकाे छ। बाइक किन्न चाहने ग्राहकले २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्नेछन् ।

१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ। हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ।

बुकिङका लागि नजिकैको सोरुममा सम्पर्क गर्न सकिने पनि कम्पनिले जनाएकाे छ।

Logo