७ जेठ २०७९ शनिबार
1
1
1
1

बर्दियामा नदीजन्य सामग्री अवैधरुपमा उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा

1
1
1
1
1
1

बर्दियामा नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् गरि ओसारपसार गरेको अभियोगमा जेसीबी, टिपर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

बारबर्दिया नगरपालिका–२ लठुवाघाटस्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा टिपर, एउटा जेसीबी र एउटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। 

राजस्व सङ्कलनमा वृद्धि 
बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन गत वर्षको तुलनामा वृद्धि भई १७ अर्ब ८० करोड सङ्कलन भएको छ। नेपालगन्ज भन्सार कार्यालयका बाँकेका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्षमा सरकारले रु १८ अर्ब लक्ष्य तोकेको थियो। गत आर्थिक वर्षमा रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो। 

नेपालको सबैभन्दा बढी राजस्व सङ्कलन हुने सीमा नाका नेपालगन्ज भन्सार कार्यालय बाँके हो। यसलाई मुलुकको आयात–निर्यातहरु नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय ठूलो व्यापारिक केन्द्र भन्सार मानिन्छ। कोरोना महामारीको प्रतिकूल समयमा पनि भन्सार चुहावट हुन नदिइ सङ्कलन गराइएको भण्डारीले बताए। 

भन्सारबाट निर्यातभन्दा आयात बढी हुने गर्छ। नेपालबाट निर्यात हुनेमा जंगली जडिबुटीहरु, सुगन्धित जडिबुटीका तेलहरु मात्रै छन्।

प्रकाशित: २० जेठ २०७८ ०७:१७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी