होन्डा हाइनेस सीबी ३५० को आजदेखि बिक्री खुल्ला, निषेधाज्ञाभर बुकिङ गर्दा ५० हजार छुट

होन्डा हाइनेस सीबी ३५० को आजदेखि बिक्री खुल्ला, निषेधाज्ञाभर बुकिङ गर्दा ५० हजार छुट


होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले आजदेखि नेपाली बजारमा औपचारिकरुपमा होन्डा हाइनेस सीबी ३५० बाइकको बिक्री सुरु गरेको छ। 

निषेधाज्ञा अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ। होन्डाका सोरुमहरु वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिनेछ। बुकिङका लागि न्युनतम २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ । १५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ। 

हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ।

आजदेखि बिक्री प्रारम्भ भएको सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

Logo