अब वैदेशिक लगानी नेपालमा भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

अब वैदेशिक लगानी नेपालमा भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने


नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै विदेशी लगानीकर्ताले प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ।

‘विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन । तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउन वा पठाउनु पूर्व, अनुसूची–२ को ढाँचामा एकाईमा लिखित जानकारी दिनु पर्नेछ,’ मंगलबार जारी गरिएको विनियमावलीको विनियम ४ को उप–विनियम १ मा लेखिएको छ।

लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति आवश्यक नभए पनि विदेशी लगानीको लेखाङ्कन गराउनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ। विनियम ५ का अनुसार विनियम ३ र विनियम ४ बमोजिम नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम र प्रचलित कानूनबमोजिमको विदेशी लगानीलाई लेखाङ्कन गराउन विदेशी लगानी भएको कम्पनी÷उद्योग वा विदेशी लगानीकर्ताले आवश्यक कागजातहरू संलग्न गरी विदेशी मुद्रा भित्रिएको वा विदेशी लगानी भएको छ महिनाभित्र एकाईमा निवदेन पेश गर्नुपर्ने छ।

नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्न सक्छन्। 

Logo