केएल दुगड समूहद्वारा विराटनगर बसपार्कका मजदूरलाई राहत सामाग्री वितरण

केएल दुगड समूहद्वारा विराटनगर बसपार्कका मजदूरलाई राहत सामाग्री वितरण


केएल दुगड समूहद्वारा विराटनगरस्थित विराटनगर बसपार्कमा कार्यरत दैनिक मजदूरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु वितरण गरेको छ।

कोरोना महामारीले गर्दा बसपार्कस्थित दैनिक ज्यालादारी मजदुरहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितीमा वितरण गरिएको थियो। सोमबार १०० जना मजदूरहरुलाई खाद्य सामाग्री वितरण गरिएको थियो। 

केएल दुगड समूहले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ र उक्त कार्यक्रम असार मसान्तसम्म रहनेछ। 

नेपालगन्जस्थित भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको छ। उक्त सहयोगले अस्पतालमा संचालित भोजनगृहमा जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ। 

यस्तो कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको कम्पनीले जनाएको छ। अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ।

Logo