नेप्से परिसूचक प्रि-ओपनिङमा ३५.९८ अंकले वृद्धि

नेप्से परिसूचक प्रि-ओपनिङमा ३५.९८ अंकले वृद्धि


साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक प्रि-ओपनिङमा ३५.९८ अंकले बढेको छ। नेप्से  ३५.९८ अंकले बढेर ३०६१.८१ अंकमा पुगेको छ।

सोमबार नेप्से ४२.२४ अंकले बढेर नेप्से परिसूचक उच्च विन्दु ३ हजार २५.३४ अंकमा पुगेर कोरोबार बन्द भएको थियो। जुन अहिलेसम्मकै नयाँ रेकर्ड रहेको थियो। मंगलबार पनि प्रिओपनिङदेखि बढ्न थालेको छ। 

प्रि-ओपनिङमा १०२ वटा कम्पनीको कारोबार भएको छ। जसमा ७० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ। साथै १४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ। 

प्रि-ओपनिङमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा तारागाउँ रिजेन्सी होटल, आरएसडीसी लघुवित्त, नेपाल इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स, चन्द्रागिरि हिल्स, नबिल बैंक र सामूदायिक लघुवित्त वित्तीय संस्था छन्।

सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा रिलायन्स फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, कालिका पावर कम्पनी, सिद्धार्थ इन्योरेन्स रहेका छन्।

Skip This
Logo