वाणिज्य बैंकहरुले सार्वजनिक गरे निक्षेपको ब्याजदर, कुन बैंकको कति? (भिडियाे)

वाणिज्य बैंकहरुले सार्वजनिक गरे निक्षेपको ब्याजदर, कुन बैंकको कति? (भिडियाे)


नेपालमा हालसम्म सञ्चालित २७ वाणिज्य बैंकमध्ये २४ बैंकले असार महिनाका लागि निक्षेप र मुद्दती (निक्षेप)को ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ ब्याजदर असार १ देखि लागू भएको छ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निक्षेपको ब्याजदर मासिक रूपमा परिवर्तन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार बैंकहरूले अर्को महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदर अर्को महिना सुरु हुनुपूर्व सार्वजनिक गरिसक्नुपर्ने हुन्छ। त्यसअनुसार बैंकहरूले हरेक महिनाको मसान्तमा आगामी महिना लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ। अहिलेसम्म २३ वाणिज्य बैंकहरूले त्यस्तो ब्याजदर सार्वजनिक गरेका छन्। 

केही बैंकले निक्षेप बचत खातामा दिँदै आएको न्युनतम ब्याजदर बढाएका छन् भने अधिकतम सीमालाई यथावत राखेका छन्। त्यस्तै मुद्दती खातामा पनि ब्याजदर स्थिरप्रायः रहेको छ।

निषेधाज्ञा अवधिमा वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको छ। तरलता अभाव हुन नदिनका लागि भए पनि  बैंकहरुले निक्षेपकर्ताका लागि  ब्याजदर बढाएका छन्। अधिकांश बैंकले बचतमा २ देखि ५ प्रतिशतभित्र रहेर ब्याजदर सार्वजनिक गरेका छन् भने मुद्दती निक्षेपमा पनि ब्याजदर ८ प्रतिशतसम्म निर्धारण गरेका छन्। कुन बैंकको ब्याजदर कति? 

 

Logo