फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति?


आज फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थकाे मूल्य बढेकाे हाे। 

निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य २/२ रुपैंयाँले बढेको हो। त्यस्तै, अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २० डलरले बढाइएको छ। 

निगमका अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैंयाँ, डिजेल र मट्टितेलको मूल्य ११० रुपैंयाँ र हवाई इन्धनको मूल्य ८२ रुपैंयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ७ सय ३५ डलर कायम गरिएको छ । 

Logo