टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी


नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ।

 बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। 

दराज अलीबाबा समूहको एक हिस्सा हो। अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिंदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ। सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ।

टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ। २ सय भन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवर्द्धन होस् भन्ने नै रहेको छ।

Logo