युनियन लाइफ इन्स्योरेन्सको आइपिओ असार २४ गतेदेखि आउँदै

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ असार २४ गतेदेखि आउँदै


युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेबाट सर्वसाधारणलाई साधारण शेयर आईपीओ जारी गर्ने भएको छ। यसका लागि २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न लागेको हो। अहिले कम्पनीको जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। यसको ३० प्रतिशत साधारण शेयर जारी गर्न लागिएको हो।

कम्पनीले ३ लाख २२ हजार ५०० कित्ताका दरले कर्मचारी र सामूहिक लगानी कोषलाई शेयर छुट्याएको छ। बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले निवेदन दिन पाउने छन् ।  

कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिन्छ। अहिले कम्पनीको चुक्तापुँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ।

Logo