आयल निगमले इन्धनको मूल्य घटायो, नयाँ मूल्य कति?

आयल निगमले इन्धनको मूल्य घटायो, नयाँ मूल्य कति?


नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै मूल्य घटाएको निगमले जनाएको हो।  

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १/१ रूपैयाँले घटाएको छ। 

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको मूल्य भने यथावत (१४२५) नै छ।

Logo