साताको दोस्रो दिन नेप्से परिसूचक १३.९७ अंकले वृद्धि

साताको दोस्रो दिन नेप्से परिसूचक १३.९७ अंकले वृद्धि


नयाँ आर्थिक वर्ष सुरु भएसँगै शेयर बजार उकालो लाग्न सुरु भएको छ। पछिल्लो केही दिनदेखि निरन्तर वृद्धि भएको शेयर बजार सोमबार पनि निरन्तरता पाएको छ। 

नयाँ आर्थिक वर्ष २०७८/७९ लागेपछिको पहिलो कारोबार भएको आइतबार ९७.२१ अंकले वृद्धि भएको थियो । सोमबार प्रिओपनिङपछि एक्कासी तीन हजार माथिको विन्दुमा उकालो लागेको शेयर बजार दिनभरी उतारचढावका बीच १३.९७ अंकले वृद्धि भएको छ।

सोमबार नेप्से परिसूचक १३.९७ अंकले वृद्धि भएर २ हजार ९९४.५८ अंक पुगेको छ। आज कारोबारमा आएका २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर ११ अर्ब ८१ करोड,३७ लाख ५४ हजार ६०७ रपैयाँ बराबरको कारोबार भएको छ।

आज नेप्से उपसमूहतर्फका  बैंकिङ १०, ब्यापार १९६, निर्जीवन बीमा १०१, उत्पादन ४१, अन्य १६ र जीवनबीमा समूह ५३ अंकले बढेका छन्। होटल तथा पर्यटन १६, विकास बैंक १८, माइक्रोफाइनान्स ४, जलविद्युत १ र फाइनान्स समूह २९ अंकले घटेको छ। 

सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ। नागरिक लगानी कोष, हिमालय उर्जा विकास कम्पनी, अरुण काबेली, हिमालय पावर पार्टनरका बढेको छ ।

गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घटेको छ। मन्जुश्री फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ। 

एनआइसी एसिया बैंकको सबै भन्दा बढी ३५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३३ करोडको र नेपाल बंगलादेश बैंकको ३१ करोडको शेयर किनबेच भएको छ।

Logo