बैंकमा तरलता बढ्यो: ४२ खर्ब १ अर्ब निक्षेप संकलन, कर्जा प्रवाह ३७ खर्ब २१ अर्ब मात्र!

कोरोना महामारीका कारण पछिल्लो चार महिनादेखि आर्थिक गतिविधि हुन सकेका छैन। कोरोनाको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लागू गरेपछि उद्योग–व्यवसाय शिथिल बन्न पुगेको छ।

असार दोस्रो सातापछि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै आर्थिक गतिविधि केही सहज भएको छ। कोरोनाको दोस्रो लहरपछि सरकारद्वारा जारी निषेधाज्ञाको अवधिमा समेत वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा उल्लेख्य वृद्धि गरेका छन्।     

आर्थिक वर्ष २०७७/७८ भरिमा वाणिज्य बैंकहरूले निक्षेप संकलनभन्दा एक खर्ब बढी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ। एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले ७ खर्ब १४ अर्ब निक्षेप थपेका छन्। 

निक्षेप संकलनसँगै थपिएको एक वर्षको अवधिमा बैंकहरूको कर्जा प्रवाह ८ खर्ब १८ अर्बले बढेको छ। एक वर्षको अवधिमा अर्थात् असार २५ गतेसम्म बैंकले ४१ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा एक सातामा नै ८२ अर्ब निक्षेप थपिएर असार ३१ गतेसम्म आइपुग्दा बैंकमा ४२ खर्ब १ अर्बभन्दा बढी कर्जा प्रवाह भएको छ। 

नेपाल बैंकर्स संघका अनुसार गत असार मसान्तसम्म वाणिज्य बैकहरूले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेका छन् भने ३७ खर्ब २१ अर्ब मात्र कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकहरूले ३४ खर्ब ८७ अर्ब निक्षेप उठाएर २९ खर्ब ३ अर्ब कर्जा परिचालन गरेका थिए।

त्यस्तै, आर्थिक बर्ष २०७७/७८ समाप्तिसँगै बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएन थालेको छ। सरकारले वर्षको अन्तिममा आएर खर्च बढाएका कारणले बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ। बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा असार महिनामा मात्रै वाणिज्य बैंकहरूमा २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन भएको  छ। त्यस्तै, असार मसान्तमा वाणिज्य बैंकहरूले ७४ अर्बमात्रै कर्जा लगानी गरेका छन्।

कोरोना महामारी कारण लकडाउन र निषेधाज्ञाको अवधिमा समेत बैंकहरुले कर्जा विस्तार उच्चरूपमा बढाएका थिए। तर, कर्जा लगानीको तुलनामा निक्षेप संकलन कमै गरेका थिए।  

नेपाल बैंकर्स संघका प्रवक्ता अनिल शर्माले यो साता यसभन्दा पहिलाको भन्दा निक्षेप संकलन बृद्धि नभएको बताए। पछिल्लो समयभन्दा यो साता आर्थिक वर्षको अन्त्य भएकाले सरकारी खर्च बढेकाले बैंकहरुमा निक्षेप संकलन बढ्न गएको बताए। उनका अनुसार चैत–वैशाख अगाडिभन्दा कर्जा लगानी तथा निक्षेप संकलन कमै रहेको छ। 

बैंकर्स संघका अनुसार एक साताको अवधिमा कर्जाको माग भने निकै कम देखिएको छ। कर्जाको माग कम हुँदा पछिल्लो एक सातामा ४२ अर्ब मात्रै ऋण लगानी भएको छ। 

असार मसान्तमा आर्थिक वर्ष सकिने भएकाले तथा कर तिर्नुपर्ने भएका कारण पनि बैंकमा निक्षेप बढेको र  कर्जाको माग कम भएको प्रवक्ता शर्माले बताए। त्यस्तै, नविल बैंकका नायव महाप्रबन्धक मनोज ज्ञवालीले यो वर्ष मात्रै नभएर हरेक असार मसान्तमा बैंकहरूमा निक्षेप बढ्ने गर्दछ । यो विगतदेखिको निरन्तरता भएको उनको भनाइ छ। 

उनले नेपालमा आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च तथा विभिन्न राजश्व संकलन तथा नवीकण गरिने हुदाँ सरकारी पैसासमेत बैंकमा जम्मा हुने भएकाले यो अवधिमा बैंकमा तरलता बढ्ने गर्दछ। उनले भने, ‘सरकारबाट विभिन्न विकास निर्माणको पैसा निकासीदेखि अन्य विभिन्न क्षेत्रबाट उठेको पैसा बैंकमा जम्मा हुने भएकाले बैंकमा निक्षेप बढेको हो।’

बैंकिंग

प्रकाशित: ४ श्रावण २०७८ १८:०९ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी