पर्साको कालिकामाई र जगरनाथपुरमा दुई शव फेला

पर्साको कालिकामाई र जगरनाथपुरमा दुई शव फेला


पर्सा।

हात र खुट्टा बाँधिएको अवस्थामा पर्साको ग्रामिण क्षेत्रमा दुई जनाको शव भेटिएको छ । पर्साको कालिकामाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकाबाट शंकास्पद अवस्थामा एक महिला र एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

पर्सास्थित जिल्ला प्रहरी कार्यालयले जानकारी दिए अनुसार पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ स्थित गंगोल नदीमा बुधबार एक महिलाको शव फेला परेको थियो ।गाउँपालिकाको वडा नम्बर २ र वडा नम्बर ४ को बिचमा पर्ने गंगोल नदीमा अन्दाजी ३४ बर्षिय महिलाको शव नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हात, खुट्टा र मुख बाँधेको अवस्थामा शव फेला परेको ती महिलाको पहिचान खुल्न सकेको छैन ।

त्यसैगरी पर्साकै जगरनाथपुर गाउँपालिकाको जानकी टोल वडा नम्बर २ मा पनि प्रहरीले मंगलबार एउटा पुरुषको शव फेला पारेको थियो । बोरामा कसेर राखिएको अवस्थामा प्रहरीले फेला परेको शवको पनि पहिचान खुल्न सकेको छैन।

Skip This
Logo