नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन


नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन्। बुधबार भएको परिसंघको १८औं वार्षिक साधारणभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन्।

अग्रवाल यस अघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका थिए। परिसंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ।त्यही प्रावधान अनुसार अग्रवाल अध्यक्ष भएका हुन्। उनले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन्। अग्रवाल परिसंघको पूर्वाधार विकास समितिको सभापतिसमेत भइसकेका छन्। 

५० वर्षकै उमेरमा उद्योगी व्यवसायीहरुको संस्था परिसंघको अध्यक्ष भएका अग्रवाल एमए डब्लु ग्रुप अफ कम्पनिजका प्रवन्ध निर्देशकसमेत हुन्। त्यस्तै, अग्रवाल एमएडब्लू इन्टरप्राइजेज, एमएडब्लू अर्थमुभर, एमएडब्लू इन्भेष्टमेन्ट कम्पनी र एमएडब्लू रेडमिक्स कंक्रिट लगायतका कम्पनीका सञ्चालक हुन्। 

अग्रवाल पूर्व फुटबल खेलाडीसमेत हुन्। नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल २१ वर्षकै उमेरमा व्यवसायमा संलग्न भएका थिए।

अग्रवालले सन् १९९२ मा पारिवारिक व्यवसाय एमएडब्लुको बिक्री प्रमुखको रुपमा काम थालेका थिए। उनले सन् १९९९ मा एमएडब्लुको औद्योगिक इक्विपमेन्ट डिभिजन पनि  सम्हाले। 

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ। राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल,दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दीलिप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्। 

यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्।

नेपाल उद्योग संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

Logo