घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

साताको पाचौं दिन आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ७ सयले घटेको हो। 

आइतबार ६ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ४ सयले बढेको थियो। यस्तै बुधबार पनि सुन सात सयले नै घटेको थियो ।

गत हप्ता आइतबार सुन स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले बढ्दा बिहीबार ५ सयले बढेको थियो। शुक्रबार स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २७० मा कारोबार भइरहेको छ।

प्रकाशित: ७ श्रावण २०७८ ११:४४ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी