नेप्से परिसूचक ८.२४ प्रतिशतले करेक्सन, कारोबार भने १४ अर्बमाथि

नेप्से परिसूचक ८.२४ प्रतिशतले करेक्सन, कारोबार भने १४ अर्बमाथि


साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य करेक्सन देखिएको छ। आइतबार शेयर बजारमा नेप्सेले अहिलेसम्मका सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न सफल भएको थियो । तर सोमबार नेप्से परिसूचक ८.२४ अंकले गिरावट आएर ३ हजार ५०.४२ विन्दुमा पुगेको छ।  

सोमबार कारोबारमा आएका २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँमा कारोबार भएको छ । आइतबार बजारमा १४ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको थियो।

कारोबारमा आएका कम्पनी मध्ये ११९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १२ वटा कम्पनीको शेयर मूल्य स्थिर छ। 

आज नेप्सेको सेन्सेटिभ इण्डेक्स २.९३ अंक, फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ। त्यस्तै, कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको घटेको छ। 

जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। त्यसैगरी, वित्तको २.५७ प्रतिशत, लघुवित्तको १.७७ प्रतिशत, व्यापारको १.३८ प्रतिशत र उत्पादन तथा प्रशोधनको १.३३ प्रतिशत बढेको छ। तर  बैंकिङ्ग उपसमूहको परिसूचक भने २ प्रतिशत घटेको छ। 

आज  ७ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा घलेम्दी हाइड्रो, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, विशाल बजार, ङादी ग्रुप पावर र हिमालयन ऊर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता पोखरा फाइनान्सको मूल्य ४.६९ प्रतिशत घटेको छ।

आज सबैभन्दा बढी ङादी गु्रप पावर कम्पनीको ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी हिमालयन डिष्टिलरी र एनआईसी एशिया बैंकको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

Skip This
Logo