हेमराज ढकालसहित उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

हेमराज ढकालसहित उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन


नेपाल उद्योग परिसंघले मंगलबार उपाध्यक्षहरुको टुङ्गो लगाएको छ । धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित चयन भएका छन् ।

परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, उद्योगी कृष्णप्रसाद अधिकारी, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र नेपाल आदर्श निर्माण कम्पनीका सञ्चालक वीरेन्द्रबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

परिसंघको अध्यक्षमा विष्णु कुमार अग्रवाल नियुक्त भइसकेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको प्रावधानअनुसार अध्यक्षमा नियुक्त भएका हुन् । परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् । उनीहरुको सपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ ।
 

Logo