डिशहोम फाइबरनेट सेवा जनकपुरमा पनि विस्तार

डिशहोम फाइबरनेट सेवा जनकपुरमा पनि विस्तार


डिशहोम फाइबरनेट जनकपुरमा पनि विस्तार गरिएको छ। काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, बिराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ। 

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट पछिल्लोपटक जनकपुरमा विस्तार गरिएको कम्पनीले जनाएको छ।

छिट्टै नेपालका प्रमुख सहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंजलगायत अन्य स्थानमा पनि सेवा विस्तार गरिने कम्पनीले जनाएको छ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभिओडी जस्ता सुविधा उपलब्ध रहेको जनाएको छ। 

फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

Logo