शुरु भयो नेपालगन्ज–पोखरा हवाइ उडान

शुरु भयो नेपालगन्ज–पोखरा हवाइ उडान


बुद्ध एयरले साताको तीन दिन नेपालगन्ज–पोखरा उदान शुरु गरेको छ । पश्चिम क्षेत्रको बाँके र बर्दिया तथा भारतीय पर्यटकलाई तथा पोखरा लक्षित गरी उडान शुरु गरिएको हो । 

आइतबार बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट पोखरा जाने यात्रुसहित उडान भरेको हो । अबिर र गम्छासहित स्वागत गर्न पर्यटन प्रर्बद्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए ।
 
वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहका अनुसार नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाडा न्यूनतम ४ हजार ९३५, मध्यम ५ हजार ५३५ र अधिकतम ५ हजार ९३५ रहेको छ । 

 

Logo