मौद्रिक नीति सार्वजनिक गर्ने भाका सरेको सर्यै

मौद्रिक नीति सार्वजनिक गर्ने भाका सरेको सर्यै


चालु आर्थिक वर्षको लागि ल्याउन लागिएको मौद्रिक नीति सार्वजनिक गर्ने भाका फेरि सरेको छ । नेपाल राष्ट्र बैंकले यही शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर स्थगन भएको छ ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भए पनि विशेष कारणले मौद्रिक नीति रोकिएको राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले जानकारी दिए।

डेपुटी गर्भनर मिश्रले भने, ‘भोलि सार्वजनिक गर्ने गरी तयारी गरिएको भए पनि विशेष कारणले मौद्रिक नीति नआउने भयो ।’ मौद्रिक नीति तुरुन्तै नआए पनि केही फरक नपर्ने जनाउँदै अब मौद्रिक नीति आउन एक साता लाग्ने उनको भनाई छ ।

मौद्रिक नीति सार्वजनिक गर्ने सबै तयारी भने पूरा भएको छ । राष्ट्र बैंकले यसअघि नै साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, असार अन्तिम समयमा आएर केपी शर्मा ओली नेतृत्वको सरकार हटेर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि मौद्रिक नीति अन्योलमा परेको थियो।

शुक्रबार वा आइतबार मौद्रिक नीति सार्वजनिक हुने भनिए पनि तयारी अपुग भएको भन्दै राष्ट्र बैंकले यसअघि तय गरेको मितिमा मौद्रिक नीति सार्वजनिक नगर्ने भएको हो ।

बजेट संशोधनमा ढिलाइ भएसँगै मौद्रिक नीति सार्वजनिक गर्न पनि ढिलाइ भएको छ । बजेटले ल्याउने वित्तीय कार्यक्रम तय नभएका कारण मौद्रिक नीति संशोधित बजेटपछि नै सार्वजनिक गर्ने तय भएको राष्ट्र बैंकको सञ्चालक समितिले निर्णय गरेको छ ।

Logo