आइतबार नेप्से झिनो सुधार, हाइड्रोमा लगानीकर्ताको आकर्षण

आइतबार नेप्से झिनो सुधार, हाइड्रोमा लगानीकर्ताको आकर्षण


साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा झिनो अंकको सुधार भएको छ । आइतबार शेयर बजार उतारचढावका बीच झिनो अंकले सुधार देखिएको हो ।

आज नेप्से ०.६६ अंकले बढेर ३ हजार १०८.१२ अंकमा पुगेको छ । गत बिहीबार नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १०१.०७ अंक झरेको थियो।  

यो दिन २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँमा कारोबार भएको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३  कित्ता शेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबारमा आएका ९८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । जलविद्युत् उपसमूहमा ३.३३ प्रतिशतको वृद्धि देखिएको हो ।

आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त नगाडी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

Skip This
Logo