नेप्से परिसूचक सामान्य अंकले गिरावट, जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण

नेप्से परिसूचक सामान्य अंकले गिरावट, जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण


मंगलबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मौद्रिक नीतिको असरले आइतबार २४.५७ अंकले गिरावट आएको  नेप्से सोमबार सामान्य अंकले बढेको थियो ।

आज नेप्से परिसूचक ०.२३ अंक घटेर ३ हजार १६०.३१ अंकमा झरेको छ । आज कारोबारमा आएका २२१ कम्पनीको ३ करोड ६१ हजार ३४३ कित्ता शेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको छ।  

बाणिज्य बैंक समूह २३ अंकले घटेको छ । यद्यपी विकास बैंक, जलविद्युत र फाइनान्स समूहले बजारलाई फराकिलो अन्तरले झर्न दिएनन्। विकास बैंक समूह २९२ अंकले बढेको छ।

मंगलबार १४ वटा कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। त्यसमा अधिकांश जलविद्युतसँग सम्बन्धित कम्पनी छन्। बजारमा अपी पावरको ८६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसपछि एचआइडीसीएलको ६२ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ।

Logo