तेह्रथुम पावर कम्पनीको आइपिओ खुला, कस्तो छ कम्पनी ?

तेह्रथुम पावर कम्पनीको आइपिओ खुला, कस्तो छ कम्पनी ?


तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन आइपिओ बिक्री खुला भएको छ । 

कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निष्काशन गरेपश्चात कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी रु २८ करोड रहेको छ । स्थानीयवासीलाई रु चार करोड र सर्वसाधारणलाई रु आठ करोड बराबरको आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी रु ४० करोड हुनेछ । रासस

Skip This
Logo