नेप्से परिसूचक ५० अंकले गिरावट, कारोबार रकम ९ अर्ब ५० करोड

नेप्से परिसूचक ५० अंकले गिरावट, कारोबार रकम ९ अर्ब ५० करोड


बुधबार सामान्य अंकले बढेको शेयर बजार साताको अन्तिम कारोबारको दिन बिहिबार ५० अंकले गिरावट आएको छ ।

दुई सातादेखि निरन्तर रुपमा शेयर बजार गिरावट हुँदै आएको छ । त्यसैको निरन्तरताअनुसार बिहिबार ५० अंकले घटेर नेप्से परिसूचक २ हजार ९२६ अंकमा झरेको छ ।

गत भदौ २ गते नेप्से परिसूचकले त्यसभन्दा अगाडिका सबै रेकर्ड तोड्दै ३ हजार १९८ अंकमा पुगेर नयाँ कीर्तिमानी बनाएको थियो । 

आज कारोबारमा आएका २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आज सबै उपसमूहहरु राताम्मे भएका छन्। बैंकिङ १६, विकास बैंक १८६, फाइनान्स ११३, होटल तथा पर्यटन ११, जलविद्युत ११६, लगानी ३, जीवन बीमा ३५९, उत्पादन १३१, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा २३५, अन्य ३६ र ब्यापार समूह ३८ अंकले घटेका छन्। 

सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। यी दुबै कम्पनी भर्खरै नेप्सेमा सूचीकृत कम्पनी भएका हुन्।  त्यस्तै, चन्द्रागिरि हिल्स र खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले बढेको छ । 

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेलीको मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ।

Logo