नेप्से परिसूचक ४४.१८ अंकले गिरावट, कारोबार रकम पनि साढे ७ अर्बमा सिमित

नेप्से परिसूचक ४४.१८ अंकले गिरावट, कारोबार रकम पनि साढे ७ अर्बमा सिमित


आइतबार  शेयर बजारमा १०८ अंकले गिरावट आएको थियो तर, सोमबार उच्च अंकले बढेको शेयर बजारमा मंगलबार पुनः परिसूचक ४४.१८ अंकले ओरालो लागेको छ।

४४.१८ अंकले गिरावट आएर नेप्से २ हजार ९३६.६० विन्दुमा सिमित भएको छ। आज पनि नेप्सेको १३ उपसमूह मध्ये ११ उपसमूह राताम्मे भएको छ। यसरी ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ अङ्कले घटेर ५४८.३५ मा पुगेको छ।

त्यस्तै, मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत ओरोलो लागेको छ।  कारोबारमा आएका २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँमा खरिद बिक्री भएको छ। सोमबार कारोबार रकम ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँमा कारोबार भएको थियो। 

१३ उपसमूह मध्ये आज अन्य १९.६६ र सामूहिक लगानी कोष ०.०९ अंकले बढेको छ भने अन्य बैंकिङ ३३.४९, वित्त ४९.२१, व्यापार ५४.३७, निर्जीवन बीमा २९०.२३, होटल तथा पर्यटन १०९.१४, विकास बैंक ७१.८१, जलविद्युत् ५१.५, उत्पादन १३३.८८, लघुवित्त १४६.७७, जीवन बीमा ३०२.८ र लगानी ०.४४ अंकले गिरावट आएको छ।

आज सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सर्किट लाग्यो। युनाइटेड मोदी ७.७८, एचआइडिसिएल ५.१६, यूनिलिभर नेपाल ५.०३ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४.०१ प्रतिशतले कमाए।

त्यस्तै, आरएमडिसी लघुवित्त ७.७३, रुरु जलविद्युत् परियोजना ७.०१, प्रोगेसिभ फाइनान्स ५.६०, फस्ट माइक्रोफाइनान्स ५.४८ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले ५.३७ प्रतिशतले घटेको छ।

Logo