सुन्दर यातायातले २० वटा नयाँ विद्युतीय बस थप्दै, २० मध्ये ६ रुपन्देहीमा

सुन्दर यातायातले २० वटा नयाँ विद्युतीय बस थप्दै, २० मध्ये ६ रुपन्देहीमा


नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक यातायात सञ्चालनमा ल्याएको सुन्दर यातायातले थप २० वटा नयाँ विद्युतीय बस ल्याउने भएको छ।

उक्त यातायातले काठमाडौंको चक्रपथमा दुई वटा विद्युतीय सार्वजनिक यातायात सञ्चालन गरिरहेको छ।

बुधबार यातायातको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममार्फत अबको डेढ महिनाभित्र थप २० वटा बस ल्याइ सक्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले घोषणा गरे । 

अब ल्याइने थप २० विद्युतीय बसमध्ये १४ वटा काठमाडौं उपत्यकामा र बाँकी ६ वटा लुम्बिनी प्रदेशको रुपन्देहीमा सञ्चालन गरिने अध्यक्ष थापाले बताए।

चक्रपथमा मात्रै चलिरहेकोमा अब २० वटा बस थप गरेर काठमाडौं उपत्यका भरी सञ्चालनमा ल्याउने तयारी छ। नयाँ ल्याउने बस ४० र ३६ सिट क्षमता रहने कम्पनीले जनाएको छ ।

उनले भने,‘विगत दुई वर्षदेखि बस सञ्चालन गरे पनि नाफामा जान सकेका छैनौं। तर,अब कोरोना महामारीको अवस्था सामान्य हुने अपेक्षासहित नयाँ बस थप गर्न लागिरहेका छौं ।’  

त्यस्तै, सुन्दर यातायातले ३ अर्ब ६० करोडको लागतमा बिजुली बस उत्पादन गर्न रुपन्देहीको सैनामैनामा एसेम्बल प्लान्ट निर्माण थालेको छ। 

त्यस्तै, कार्यक्रममा बोल्दै वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले बिजुली बसले वातावरण प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । 

कम्पनीले विद्युतीय सवारी प्रवर्द्धनमा योगदान  पुर्याउने पत्रकारहरूलाई सम्मानसमेत गरेको थियो।

Skip This
Logo