साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ ।
आज नेप्से परिसूचक ०.६२ अंकले घटेर २ हजार ८५७.९७ अंकमा सीमित भएको छ ।
आज कारोबारमा आएका २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ हजार कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँमा कारोबार भएको छ ।
परिसूचकका १३ उपसमूहमध्ये अधिकांशमा उपसमूहमा गिरावट देखिएको छ । आज एचपीपीएल कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज बजार तलमाथि भइरहँदा अन्तिममा सूचक सामान्य हिसाबले घटेको थियो ।
प्रकाशित: २४ भदौ २०७८ १७:२२ बिहीबार