राष्ट्र बैंकद्वारा कोरोना अति प्रभावित होटल तथा पर्यटन क्षेत्रलाई विशेष राहत घोषणा

राष्ट्र बैंकद्वारा कोरोना अति प्रभावित होटल तथा पर्यटन क्षेत्रलाई विशेष राहत घोषणा


नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै कोरोनाबाट अति प्रभावित होटल तथा पर्यटन क्षेत्रलाई विशेष राहत घोषणा गरेको छ  ।

महामारीबाट अति प्रभावित होटल, ट्राभल, ट्रेकिङ र हवाइ सेवा जस्ता बाह्य पर्यटनमा निर्भर रहने व्यवसायलाई राष्ट्र बैंकले राहत घोषणा गरेको हो ।

निर्देशिकाअनुसार अब उद्योगी व्यावसायीहरूले २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्व दुई बर्षसम्ममा तिरे हुने भएको छ ।

एकीकृत निर्देशिकाअनुसार ऋण दिने बैंक तथा वित्तीय संस्थाले छुट्टै हिसाब राखी कम्तिमा चार किस्तामा असुली गर्न सक्ने पनि व्यवस्था गरिएको छ। यो नयाँ व्यवस्थाले दुई बर्षसम्म साँवा र त्यसको ब्याज फ्रिज हेर्ने भएको छ ।

 

Logo