1
0
Shares

कृषि समितिः रासायनिक मलको अभाव हुन नदिन सांसदहरुद्वारा सरकारसँग माग

1
1
1

प्रतिनिधि सभाका सांसदहरुले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन्।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताएका हुन् । छलफलमा भाग लिँदै सांसद छविलाल विश्वकर्माले सरकारले रासायनिक मल ल्याउँछु र आउनेक्रममा भएको बताए पनि अब मल ल्याउनका लागि ढिलो भइसकेको बताए। उनले बालीका लागि मलको आवश्यक प्रवन्ध मिलाउनु सरकारको दायित्व भएकोले आफ्नो जिम्मेवारीबाट सरकार विमुख हुन नमिल्ने बताए।

त्यस्तै पूर्वमन्त्री तथा सांसद शक्ति बस्नेतले बाली फलिसकेपछि मल ल्याएर कुनै अर्थ नहुने भन्दै समयमै मल ल्याउनुपर्ने बताए। उनले रासायनिक मलको लागि सरकारले ऐन, कानून प।िमार्जन गरेर भएपनि समयमै मल ल्याउनु पर्ने बताए।

सांसद देवप्रसाद तिमल्सिनाले रासायनिक मल नपाएर किसानहरु चिन्तित रहेको बताए। उनले बजेट अभावले आवश्यक मल नआएको भए प्रधानमन्त्री स्वरोजगारबाट कटाएर मल ल्याउन सुझाव दिए।

सांसद राजबहादुर बुढाक्षेत्रीले सार्वजनिक खरिदको सम्बन्धमा रासायनिक मललाई फास्ट ट्रयाकबाट जान सकिने उपाय खोज्नुपर्ने बताए। उनले जीटुजीबाट सजिलो र छिटो भन्ने कुरा आएकोले सधैँ लिन सुझाए।

सांसद बुढाक्षेत्रीले भने, ‘सार्वजनिक खरिदको सम्बन्धमा रासायनिक मललाई फास्ट ट्रयाकबाट जान सकिने उपाय खोज्नुपर्छ, जीटुजीबाट सजिलो र छिटो भन्ने कुरा आएकोले सधैँ लिँदा के फरक पर्छ, यो विधिबाट सधैँ लिऔँ न।’

समितिको बैठकमा अन्य सांसदहरुले खरिद प्रक्रियामा सहजीकरण गर्नुपर्ने र सार्वजनिक खरिद ऐनले यसमा अफ्ठ्यारो पारिरहेको बताएका थिए। बैठकमा रासायनिक मलको तत्कालीन समस्या कसरी हल गर्ने र यसबारेमा नीति, योजना बनाएर कार्यान्वयनमा लैजानु पर्ने धारणा राखेका थिए।

कृषि

प्रकाशित: २९ भदौ २०७८ ११:१३ मंगलबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी