नेप्से परिसूचक ४०.२६ अंकले गिरावट, कारोबार रकम ५ अर्ब मात्रै

नेप्से परिसूचक ४०.२६ अंकले गिरावट, कारोबार रकम ५ अर्ब मात्रै


मंगलबार १८ अंक गिरावट आएको नेप्से परिसूचक बुधबार पनि निरन्तरता पाएको छ। 

बुधबार नेप्से परिसूचक ४०.२६ अंकले घटेर २ हजार ८८९ अंकमा झरेको छ । 

मंगलबार १८ अंकले घटेर २ हजार ९२९.२८ बिन्दु कायम भएको थियो । पछिल्लो तीन सातादेखि निरन्तर रूपमा बजारमा गिरावट आएको छ। 

बुधबार नेप्से परिसूचकका १३ उपसमूह राताम्मे भएको छ। आज कारोबारमा आएका २२२ कम्पनीको १ करोड ५५ लाख ७ हजार ८६६ कित्ता शेयर ५ अर्ब ३५ करोड ८० लाख ९ हजार ७२५ रुपैयाँ बराबरको कारोबार भएको छ।

१३ उपसमूहमध्ये बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्।

त्यस्तै, उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्। 

आज मनकामना स्मार्ट लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र  छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य बढेको छ। 

त्यस्तै, एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घटेको छ।  हिमालय उर्जा विकास कम्पनी र गोर्खा फाइनान्सको पनि शेयर मूल्य घटेको छ।

Skip This
Logo