नेपाल धितोपत्र बोर्डको अध्यक्षमा निरज गिरी नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा निरज गिरी नियुक्त


नेपाल धितोपत्र बोर्डको अध्यक्षमा निरज गिरी नियुक्त भएका छन् । गिरी धितोपत्र बोर्डकै कार्यकारी निर्देशक हुन्।

बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि अर्थमन्त्रालयले बोर्डको अध्यक्षमा गिरीलाई नियुक्त गरेको हो।

अध्यक्ष गिरीले बोर्डको दैनिक कामकाज र बोर्डको बैठक बोलाउन सक्ने गरी मन्त्रालयले जिम्मेवारी दिएको छ । त्यसबाहेकका कामको जिम्मेवारी भने अहिले तत्कालको लागि दिइएको छैन ।

बोर्डका पूर्वअध्यक्ष ढुंगाना निलम्बन हुदाँ बोर्डको दैनिक कामकाज र बैठकसमेत प्रभावित हुँदै आएका थियो ।

ढुङ्गाना सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले छानविन समिति गठन गरेसँगै निलम्बनमा परेका थिए ।  
 

Logo