७ सयले घट्याे सुनको मूल्य, कतिमा कारोबार हुँदै?

७ सयले घट्याे सुनको मूल्य, कतिमा कारोबार हुँदै?


साताको पाँचाैं दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ७ सयले घटेको हाे।

यस हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियाे। बुधबार ६ सयले बढेको थियाे। 

गत हप्ता सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो। बुधबार ७ सयले घटेको थियो। बिहीबार १ सयले घटेको थियो। यस्तै शुक्रबार १ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ५०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।
 

Logo