नेप्से परिसूचक ७६.६५ अंकले गिरावट, सबै सूचक राताम्मे

नेप्से परिसूचक ७६.६५ अंकले गिरावट, सबै सूचक राताम्मे


साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक ७६.६५ अंकले गिरावट आएको छ।

नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८१२.३८ अंकमा झरेको छ । विहिबार शेयर बजार दिनभर उतारचढाव भएर परिसूचक दुई हजार ७९५ सम्म झरेको थियो। तर, कारोबारको अन्त्यमा आएर बजार सम्हालिदा नेप्से दुई हजार ८ सयको विन्दु माथि नै रहन पुग्यो।

आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

स्मरण रहोस्, बुधबार कारोबार रकममा गिरावट आएर ५ अर्ब ३५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव रहेको छ। तरलता अभावका कारण बैंकहरूले निक्षेप संकलन बढाउनको लागि असोज १ गतेदेखि लागु हुनेगरी निक्षेप तथा कर्जामा ब्याजदर बढाएका छन्।

बैंकहरूले निक्षेप तथा कर्जाको ब्याज दर बढाएकाले शेयर बजारमा असर देखिएको हो। नेप्से परिसूचकका १३ वटै उपसमूह राताम्मे भएको छन्। 

१३ उपसमूहमध्ये बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटेको छ। 

कारोबारमा आएका २२९ कम्पनीमध्ये २ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

बिहीवार मनकामना स्मार्ट लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ। शेयर मूल्य बढ्ने अन्य कम्पनीको पनि मूल्य बृद्धिदर २ प्रतिशत भन्दा तल नै रहेको छ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेको छ। श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ। आइसिएफसी फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ। 

लिबर्टी इनर्जीको मूल्य ६.७ तथा चन्द्रागिरि हिल्सको मूल्य ६.५ प्रतिशतले घटेको छ। आज कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ।

Logo